पितृस्मरण दिवसमा पितासम्बन्धी सुभाषितहरू

namaste | Namaste art, Namaste hands, Namaste

चार दशकसम्म मेरालागि बाबुको मुख हेर्ने दिन रहँदै आएको आजको भाद्रकृष्ण अमावास्या यस वर्षदेखि पितृस्मरण अमावास्या भयो ।आज बिहान मेरा संस्कृतानुरागी पिताको स्मरण र पितृसम्मानका लागि पिताका बारेमा लेखिएका संस्कृत सुभाषितहरूको चिन्तन गरेँ । बाल्यकालमा पढेका, रटेका र सुनेका यी श्लोकहरू सुभाषितमा रुचिराख्नुहुने सहृदयीहरूको बसिबियाँलोका लागि यहाँ अर्थसहित साझा गरेकी छु:  

१)
अन्नदाता भयत्राता यस्य कन्या विवाहिता ।
जनिता चोपनेता च पञ्चैते पितरः स्मृताः ।। (चाणक्य नीति)

पञ्चतन्त्रमा यही अर्थ दिने श्लोकलाई प्रकारान्तरले भनिएको छ:

जनिताचोपनेता च यस्तु विद्यां प्रयच्छति ।
अन्नदाता भयत्राता पञ्चैते पितरः स्मृताः ।।

अर्थ: अन्न दिने वा भरण पोषण गर्ने, कुनै पनि किसिमको डर हटाएर रक्षा गर्ने, जसकी छोरी/छोरा बिहा गरिएको छ (ससुरा), जन्मदाता, उपनयन गराइदिने वा मन्त्रदाता गुरु:  जीवनमा यी पाँच किसिमका कार्य गर्ने व्यक्तिहरू  पिता वा पितासमान हुन्छन् । 

One who gives food, one who protects from fear, one who gives birth, one who brings closer to the lord by means of initiating through the sacred thread ceremony- these five are deemed as fathers.

 २)
सर्वतीर्थमयी माता सर्वदेवमयः पिता ।
मातरं पितरं तस्मात् सर्व यत्नेन पूजयेत् ।। (पद्म पुराण)

अर्थ: आमानै सशरीर सबै तीर्थ हुन् भने बाबु नै सम्पूर्ण देवताका प्रतिनिधि हुन् । त्यसैले माता र पितालाई नै आफ्नो सम्पूर्ण शक्तिले भ्याएसम्म सेवा र उपासना गर्नुपर्छ ।

A mother is an embodiment of all pilgrimages and a father is an embodiment of all deities. Therefore respect/worship/serve your parents with all your efforts. 

३)
सत्यं माता पिता ज्ञानं धर्मो भ्राता दया सखा ।
शान्तिः पत्नी दया पुत्रः षडेते मम बान्धवाः ।।

अर्थ: सत्य मेरी आमा, ज्ञान मेरा पिता, धर्म मेरो दाजुभाइ, दया मेरो साथी, शान्ति मेरी पत्नी र दया मेरो पुत्र (यी नाताले पनि सोही आभास गराउने हुँदा) यी छ मेरा आफन्त हुन् । 

Truth is my mother, knowledge is my father, Dharma is my brother, mercifulness is my friend, calmness is my wife and forgiveness is my son. These six are my kith and keens.

४)
पञ्चाग्न्यो मनुष्येण परिचर्या विशेषतः ।
माता पिताग्निरात्मा च गुरुश्च भरतर्षभ ।। (विदुर नीति)

अर्थ: हे भरतर्षभ! पिता, माता, अग्नि, आत्मा र गुरु यी पाँच अग्निको मानिसले यत्नपूर्वक सेवा गर्नुपर्दछ । 

 O best among the descendants of king Bharata! one should serve five kind of fires with all his effort: father, mother, fire, soul and the teacher

५)
माता मित्रं पिता चेति स्वभावात् त्रितयं हितम् ।
कार्यकारणतश्चान्ये भवन्ति हितबुद्धयः ।। 

अर्थ: आमा, बुवा र मित्रले स्वभावैले हाम्रा लागि हित सोच्छन् र आफूले गरेको हितको बदलामा केही चाहन्नन् । यिनका अतिरिक्त यदि अरू कसैले हाम्रो हित गरेको छ भने त्यसको बदलामा केही न केही कुराको आस गरेको हुन्छ । 

Parents and friends  these three are by nature helpful to one. But others who help us are doing this by selfish motive. 

६)
पित्रोर्नित्यं प्रियं कुर्यात् आचार्यस्य च सर्वदा ।
तेषु हि त्रिषु रुष्टेषु तपः सर्वं समाप्यते ।।(सुभाषितरत्नभाण्डागारः)

अर्थ: सदा सर्वदा माता, पिता र आचार्य वा गुरुलाई खुशी राख्ने काम गर्नुपर्छ । यी तीन जना रिसाए भने आफूले गरेको सबै पुण्य समाप्त हुन्छ । 

One must try to please the parents and teacher everyday. If you can make these three happy you can consider all panence complete. 

७)
येनास्य पितरो याताः येन याताः पितामहः ।
तेन यायात् सतां मार्गं तेन गच्छन्न रिष्यति ।।(मनुस्मृति)

 अर्थ: हाम्रा बाबु हजुरबुवा वा पूर्वज जसरी सत्यको बाटो हिँड्नुभयो हामीले पनि त्यसै बाटोमा हिँडेमा कहिल्यै दुःख पाउनु पर्दैन ।  

We shall trade the path of righteous by the same way which our fathers, grandfathers have trodden- by following that way we shall never suffer. 

८) 
भूमेः गरीयसी माता स्वर्गात् उच्चतरः पिता ।

 अर्थ: भूमिभन्दा आमा र स्वर्गभन्दा पिता महान् हुन्छन् । 

Mother is greater than the earth and father is greater than heaven.


Picture: https://www.pinterest.com/pin/14355292535049296/  

  

Comments