विजया विजय ली आओस्, वर्षाको मेघ झैँ गरी ।
सुख-ऐश्वर्य-सन्तुष्टि बर्साओस् जीवनै भरी ॥
शुभै-शुभ रहोस्, सुखै-सुख मिलोस् यही छ कामना ।
फूलै-फूल फुलोस्, प्रियै-प्रिय बनोस् छ मङ्गल भावना ॥
कीर्ति फैलियोस्, सोच उच्च होस्, कर्म होस् शुभ ।
देह स्वस्थ होस्, चित्त दङ्ग होस्, रोग होस् दूर ॥
अभाव नाश होस्, भाव शुद्ध होस्-प्रेमले भरी ।
देऊ सब मलाई, दुःख-कष्ट-पीर छन् कि क्यै गरी ॥
Comments
Post a Comment