“के
केटाजस्तो खुट्टा बजारेर हिंडेकी ?
छोरी मान्छेले हिंड्दा आवाज आउनु हुन्न ।”
आमाले
भन्नुभयो, “बिस्तारै बोल, छोरीमान्छेले ठूलो स्वर गर्नुहुन्न ।”
कुरा
हुँदै गर्दा समूहमा
कुनै
कुराले मन छोयो ।
बाले
भन्नुभयो, “मान्छेको अगाडि रुनुहुन्न, के भन्छन् ?”
पढदै थिएँ, कविले भने, "हाँस्नु हुन्न कदापि नारीहरूले, वेश्या हुन्या हाँस्दछन् ।"
पढदै थिएँ, कविले भने, "हाँस्नु हुन्न कदापि नारीहरूले, वेश्या हुन्या हाँस्दछन् ।"
एक दिन
कोठाभित्र पस्दै थिएँ पछाडिबाट बहिनीले झपारी, “दिदी मजेत्रो ओढेको ख्वै त ?”
साँझ घर
फर्कें ।
भाइले
आमालाई कुरो लगाउँदै थियो
“आमा, होस् गर्नु है, दिदी केटाहरूसँग हिँडेकी थिई ।”
एक दिन दाइले एउटा अनजानको जिम्मा लगाएर भने,
"तेरो भाग्य यही हो, जा अब यहाँबाट, मारे पाप पाले पुण्य"
एक दिन दाइले एउटा अनजानको जिम्मा लगाएर भने,
"तेरो भाग्य यही हो, जा अब यहाँबाट, मारे पाप पाले पुण्य"
दशैंमा
सबैजना वरिपरि तास खेल्न बसे ।
म पनि
बसेँ ।
देवरले
भने, “भाउज्यूले धोती खुस्केको थाहा पाउनुहुन्न ।”
“हाम्री
जेठानी त जागीर खान्छिन् नि ! जागिरे आईमाईको के भर घरबाट निस्केपछि”
खुसुक्क
अर्को टप्पणी आयो ।
कार्यालयबाट
हतार-हतार एउटा बिहा भोजमा पुगेँ
अर्कीले
कमेन्ट गरिन्,
“कस्तो
विधवा जस्तो भएर आइछ, ढङ्गै छैन ।
कलम लिएर
लेख्न बसेँ
सम्पादकले फर्काइदिए, “यी आइमाइहरू लेख्ने होइन रुने गर्छन् ।”
पल्ला
घरे काकाले एकान्तमा भेटेर निचोरे,
“आइमाइहरू
माल हुन्, हाम्रो रमाइलोको लागि भगवानले बनाइदिएका!”
म पखेटा
काटिएकी चरी
थुनामा जिब्रो
काटिएकी कैदी
हिउँदमा
पात झरेको नाङ्गो रूखजस्ती: चाहना र इच्छा सबै झरेर गएकी
मेरो
आक्रोश निकालिएको छ मबाट
म विषको थैलो
निकालिएकी सपेराकी सर्पिणी
म बाटोमा
मदारीले नचाउने बाँदर
म
कठपुतली : अर्कैको इशारामा
नाच्ने निर्जीव पुतली !
Comments
Post a Comment