किन होला

तिम्रो प्रेमको गहिराइमा डुब्ने रहर थियो कुनै बेला ।
पानी घुँडासम्म मात्र, म डुब्ने भँवर कहाँ होला ?

फुरुक्क पर्छ हरेक साँझ, मनको रहस्य के होला ।
दियोमा तेल भर्दै, बितेछन् रात के होला?

तिम्रो वियोगमा लेखी राखेथेँ गजल, पढ्यौ होला ।
अक्षरमा पोखिएछ मसी, पक्कै तिमीले त होइन होला ॥ 

मनका तार जोडिएथे, गफिन्थे नयन जुनसुकै बेला । 
चुँडिए कि तार क्या हो , सपनी भो शून्य किन होला ?

बाटाहरू कठिन छन्, खोलो रोकिँदैन किन होला ।
खोज्दै भौंतारिँदो मन, सङ्गम पक्कै यतै होला ।।

छाति दुख्छ चसक्क, यसको उपाय के होला ?
हेर्दै जाऊँ अगाडि, म छु तैयार जे होला ॥

३१ जनवरी २०१६

Comments