उहिले धेरै वर्ष पहिले
म र मेरी आमा नजन्मदै
मेरी हजुर आमा पैदलै घर-माइत गर्थिन्
उकाली ओह्राली हिँड्थिन्
मोटर गाडी त उनले कहाँ देख्नु!
मेरी आमालाई मोटर गाडी चल्ने मधेशमा अन्माइयो
डेढ दिनको बाटो हिँडेर मधेश आइपुगेपछि बल्ल गाडी चढ्न पाउँथिन्
अहिले मसँग गाडी त छ
तर पनि म पैदलै माइत जान्छु
इन्धनको अभावमा
कतै म हजूर आमाकै युगमा बाँचिरहेकी त छैनँ ?
भिजेका दाउरा बालेर पिएको धुँवाले मेरी हजुर आमालाई दम भयो
उनी त्यसैको पीरले यस लोकमा रमाउन सकिनन्
त्यही देखेर मेरी आमाले जतन गरिन्
भूसे चुल्हो फ्याँकेर एलपीजी ग्यास किनिन्
आज म एलपीजी ग्यासको रित्तो सिलिण्डर थन्काएर दाउरा खोज्न हिँडेकी छु

मेरी हजुर आमाले नाति जन्मियोस् भनी पशुपतिमा भाकल गरिन्
मेरी आमाले छोरो पाऊँ भनी पशुपतिमा लाख बत्ती बालिन्
आज मैले राष्ट्र कल्याणका लागि पशुपतिमा महापूजा गरेँ

भौतिक सुविधाले विकास चिनाउँछ रे
अन्धविश्वास हराएर जान्छ रे
अनि नयाँ युगको प्रारम्भ हुन्छ रे
तर मलाई किन यस्तो लाग्छ

Comments
Post a Comment