मेरो पाठशालाका दुई शिक्षक!
अनि हरेक जीवनका दुई अटल सत्य पनि!
हे सुख र दुःख,
तिमीहरूलाई म केसँग दाँजूँ ?
तिमीहरूलाई म कोसँग दाँजूँ?
कहिले तिमी सयपत्रीका अनगिन्ती पत्रैपत्र
कहिले महाभारतको ठेलीका दुर्गम्य पानैपाना
कहिले तिमी धानको ब्याडमा लहलहाउने आशावादी हरिया बिऊ
कहिले तिमी रानीवनको जङ्गलमा हिउँदमा झर्ने वैरागिएका धूपीका सिन्का
तिम्रो सेचनले म हरेक दिन आफूलाई हुर्किएको ठान्छु
तिम्रो शिक्षाले म हरेक दिन आफूलाई दीक्षित ठान्छु
तिम्रो अनुशासन र दण्डले हरेक पटक म आफू माझिएको ठान्छु
तिम्रो मायालु सुम्सुम्याइले म हरेक पटक आह्लादित हुन्छु
तर मेरा आदरणीय शिक्षक!
नियमित रूपमा तिमीले लिने मासिक, अर्धवार्षिक र वार्षिक परीक्षाहरूमा म सदा सफल हुन सक्दिनँ
ती असफल परीक्षाहरूले पनि मलाई हरदम सचेत गराइरहन्छन्
मलाई झकझकाई रहन्छन्
म हरदम आफ्नो परीक्षाफल सुधार्न लागिपरेकी छु
म हारेकी छैन मैले हरेस खाएकी छैन ।
धैर्यमा मैले पहिला भन्दा प्रगति गर्दै गएकी छु
अभिमान, रिस र घमण्डलाई मैले धेरै नै सच्याइसकेँ
मायामा त म त्यति कमजोर थिइनँ,
तर पनि कुनै बेला प्रश्नको उत्तर राम्ररी दिन सक्दिनथेँ र फेल हुन्थेँ
अहिले त्यसमा पनि प्रगति भएको छ
लोभ र स्वार्थलाई पनि म सुधार्ने प्रयासमा छु
त्यसका लागि अहिले नियमित रूपमा ट्यूशन पनि पढ्ने गरेकी छु ।
जब मेरो अन्तिम परीक्षाको दिन आउला
जब मेरो परीक्षा हलको जनाऊ घण्टी बज्ला
तबसम्म हे मेरा आदरणीय शिक्षक!
म आफ्नो अन्तिम लब्धाङ्क पत्रमा डिस्टिङ्शन ल्याउन चाहन्छु
म त्यसका लागि निरन्तर लागि परेकी छु
ट्युशनले मात्र नभएर स्वाध्ययन पनि गर्ने गरेकी छु
कृपया मेरो भूल सुधार गर्दै रहनुहोला है!
११ पौष २०७२

Comments
Post a Comment