मित्रता


दुःख पर्दा, सुख पर्दा, आत्माले साथ खोज्दछ ।
अरू सबै स्वार्थ देख्छन्, मित्रले मित्र देख्दछ ॥

शब्दमा कटुता घोल्दै, बोलीको गोली ताकने ।
शत्रुले खोटको खेती, मित्रले भित्र देख्दछ ॥

ठेस लागी लड्छु कतै, मौका दुश्मन भेट्दछ ।
काँधको भार थामेर, मित्रनै घाऊ मेट्दछ ॥

दुःखको तिमिर मेटेर मायाको ज्योति छर्कने ।
मित्र नै आड हो हाम्रो, आत्मविश्वास भर्दिने ॥

रगतको बलियो नाता सुर्के गाँठो सरी हुँदा ।
सच्चा मित्र थिए, आए सुदामा-घरमा रूँदा ॥




Comments