प्रिय!
तिमी वायुपङ्खी घोडा चढी मधुकर बनी आऊ
म तिम्री मालती, तिम्रो वियोगमा रोइरहेकी हुनेछु
तिमी आउँदा मेरो ढोकामा सिंगारिएका घैला देख्नेछौ
ती बाग्मतीको पानीले होइन
मेरै आँसुले भरिएका हुन् ।
हे मेरो मधुकर,
म यो शून्यता, एक्लोपनको त्रास, र गुम्सोले बौलाही भैसकेँ
यिनीहरूले तिमीलाई आर्यघाटमा सेलाएर आयौँ भने
तिमी अब फर्कदैनौ पनि भने
मलाई धैर्य गर पनि भने
तर म पत्याउँदिनँ
मलाई विश्वास छ
तिमी पक्कै मलाई भेट्न आउनेछौ
नआई कसरी सकौला !
तिम्रो वियोगमा मेरो निधार भत्भति पोल्छ
साँस बाहिर आएर भित्र फर्कन बिर्सन्छ
म जरोले निस्लोट भएर रातभरि तिम्रै नाम लिएर बर्बराउँछु रे
आऊ न!
मलाई कुनै सुन्दर उपवनमा लैजाऊ
म त्यहाँ तिम्रो काखमा सिर राखी
तिम्रो मुरलीको धुन सुन्दै आनन्दको निद्रामा हराउन चाहन्छु ।
हे प्रिय !
तिमी दुष्यन्त बनी आऊ
मलाई दुर्वासा ऋषिको श्राप लागेको छ!
तिमीले भने झैँ म "सुन्दर जीवन" जपेर बसेकी थिएँ
म मग्न थिएँ आफ्नै सुन्दर भविष्यको कल्पनामा
म डुबेकी थिएँ हाम्रो मधुमासको सपनामा
मलाई एक्लोपनको श्राप लाग्यो
मलाई अशान्तिको श्राप लाग्यो
मलाई तिमीसँगको बिछोडको श्राप लाग्यो ।
हे प्रिय !
तिमी राजकुमार बनी आऊ
प्रेम-शून्य यस निर्जन महलले मलाई अचेत ढुङ्गाको मूर्ति बनाइसक्यो
तिमी मलाई एक्कासि फेला पार
अनि मलाई रातो गुलाफ सुँघाएर बिउँझाऊ
मेरो एक्लोपनले मलाई निष्प्राण बनाइसक्यो
अहो! म यो सहन सक्दिनँ
तिमी नै मभित्र लुकेका मलाई हरदम सताउने राक्षसहरूका काल हौ
आएर तिनीहरूलाई मार
मलाईलाई मुक्त गर
मेरो एकाकीपन हर ।
हे सपनाको राजकुमार !
मैले धेरै दन्त्य कथा सुनिसकेँ
तिम्रो आगमनका थुप्रै सपना बुनिसकें
अब म तिमीलाई साँच्चिकै अनुभव गर्न चाहन्छु
तिमी आएर आफ्नो उपस्थिति देखाइदेऊ
म तिमीलाई पर्खिरहेकी छु ।
जेठ १६ २०७४

Comments
Post a Comment