गंगामायाको कानलाई कता-कता मानिसहरू गुनगुनाएको जस्तो, चराचुरुङ्गी चिर्बिराएजस्तो, खोला कल कल गर्दै बगेको जस्तो आभास भयो । त्यै पनि उनका आँखा अझै खोलिन तयार थिएनन् । शरीर थाकेर फतक्क गलेको जस्तो भएको छ, मानौं कोसौंको यात्रा पछि गन्तव्यमा पुगेर सुतेको रातपछि को बिहानी हो । तर गंगामायाको बूढो शरीरमा त्यसरी हिंड्ने तागत कहाँ ! उनले मनमनै सम्झिन्, "म नहिँडेकी त कहाँ हुँ र! उहिले बूढा ब्रिटिश आर्मीमा पेन्सन पकाएर फर्केपछि मधेसतिरै बसाइ सर्ने भने । हतार हतार पोको पन्तरो कसेर एकै दिनमा गुल्मीबाट बुटोल झरेको पनि यही जिऊ हो नाइ! काखको जेठोलाई ढाडमा र अर्को माहिलोलाई पाँच महिनाको पेटमै बोकेर सिपाही लोग्ने र भरिया घर्तिहरूको हिँडाइको तालमा एकै दिनमा दुई दिनको बाटो हिँड्दा बेलुका पिँडुला फर्फरी बाउँडिएका थिए । मधेसमा एउटा कटेरो बनाएर बसेपछि फेरि बर्सेनीका केटाकेटी । पहिले पो बूढा जागिरमै थिए, दुई बर्समा एक पटक घर आउँथे र अलि पातला केटाकेटी भए । त्यसपछि त बर्सेनी जन्मिहाले नि । त्यतिमात्रै हो र! गाई, गोठ, खेती, भात-भान्सा सबै गर्न भ्याएकै थिएँ । पछि सातवटा पाउँदा-पाउँदा हैरान भएपछि आठौंको पटकमा उनलाई फकाएर गाउँमा परिवार नियोजनको टोली आएको बेला बन्द गर्न लाएँ, अनि बल्ल ढुक्क भयो । उहिले शरीरमा तागत थियो । अहिले पो बुढेसकाल लाग्यो ।" गंगामाया आँखा बन्द गरेरै आफ्नो जीवनको जोड घटाउ गर्दै गइन् ।
"कति धेरै बुहार्तन थियो पहाडमा । आर्मी लोग्ने परदेशी । छुट्टीमा आएर गएको दिनदेखि कहिले दुई बर्स बित्ला भनेर औंला भाँच्न थाल्नु पर्थ्यो । आफूलाई लेख्न पढ्न नआउने । अरूलाई चिठी लेखाउन पनि लाज लाग्थ्यो । दिनभरि कामको चटारोले बसेर रुने त के सम्झने पनि फुर्सद हुँदैनथ्यो । कि पँधेराबाट पानी लिएर कि त घाँस स्याउला लिएर फर्कँदा यति महिना भयो अब यति बाँकी छ भनेर मैना गनेर बस्नुपर्थ्यो । घरमा अनुहार पनि कालै मन पनि कालै भएकी सासू थिइन् । छोरो आउँदा माया गरे जस्तो गर्ने, ठिक्क पार्ने । छोरो नहुँदा तँलाई काम गर्न ल्याको त हो नि! म बुढीले नत्र छोरा किन पाउँथे? भनेर दल्थिन् । जाने ठाऊँ पनि कतै थिएन । आमा-बाबा सानैमा मरेर गए । दाइ-भाउज्यूले बिहा गरेर दिएको मितिदेखि फेरि बोलाएनन् ।"
अमिलो सम्झनाले गंगामायाको पेट कटक्क बटार्यो । उनले खुइइइय गर्दै कोल्टे फेरिन् । "आमा-बा भएको भए त कति माया गर्थे होला । अरू देउरानीहरू र गाउँका अरू बुहारीहरू झैं माइती जान पाइन्थ्यो होला । दिक्दार लागेको बेला आमा-बासँग मनका बह पोखेर रुन पाइन्थ्यो होला । मेरी काली सासू ८० बर्सको उमेरसम्म तीज, श्राद्ध, जनै-पूर्ने हरेक चाड-बाड बिहा-बर्तमनमा माइत गैहाल्ने । घरमा के कसो छ केही वास्ता नगर्ने । आफ्नो त जाने ठाऊँ पनि कतै छैन । अहिले त सासू मरेर गैसकिन् । मरेका मान्छेको के कुरा काट्नु तर साह्रै नजाती मेरी सासू ! दया माया त पटक्कै नभएकी । आफ्नो भने अहिले सम्म चाडमा कतै जाने ठाउँ छैन । बुहारीहरू माइत कुदिहाल्छन् । बिहान उठे, लोग्नेका मोटरसाइकल पछाडि बसे, हिँडे । सँधै हराभरा हुने घर चाडबाड आउँदा सूनसान हुन्छ । म पनि जाने ठाऊँ भए त जान्थेँ होला । के गर्नु! अब त मरेपछि मात्र भेट हुन्छ होला बा-आमासँग पनि । अब भेट भयो भने त म कहिल्यै छुट्टिने छैनँ । माइतीमै बसिराख्छु । यस्ता निष्ठुरीहरूसँग किन बस्थेँ । मेरो त सँधै भगवानसँग यही प्रार्थना छ । हे परमेश्वरी! मलाई मरेपछि मेरी आमा भएको ठाऊँमा लगिदेऊ है!"
अब बिस्तारै गंगामायालाई आँखा खोल्न मन लाग्यो । "आ! कति सुत्नु । जिऊ दुखे पनि उठेर यसो नुहाई-धुवाई पूजा-पाठ गर्छु ।" उनले यसो हात पसारेर छेऊमा सुतेको बुढोलाई छाम्ने कोशिश गरिन् । आँखा चिम्लेरै हात लम्काइन् । "लौ छैनन् त । कहिले काँहि त बूढा बिहानै उठेर आफ्नो हूलसँग मर्निङ् वाक गर्न पो गैसक्छन् त! आज पनि गएछन् क्यार! अलि पर कुनामा पुगे कि!" हात लम्काएर छाम्न खोजिन् । भेटिनन् । गंगामायाले बिस्तारै आँखा उघारिन् । आँखा खोल्नासाथ उनको सातो गयो । उनको मुटु ढक्क फुल्यो । लौ न, यो त उनको आफ्नो घरको ओछ्यान होइन । राति आफ्नै ओछ्यानमा सुतेकी थिइन् अहिले कसरी त्यहाँ आइपुगिन् ?
गंगामायाले वरिपरि हेरिन् । दुई -दुई हातको दूरीमा लम्पसार परेर नचलमलाईकन धेरै उनी जस्तै मानिसहरू सुतिराखेका छन् । सबै अचेत जस्ता । ठूलो कोठा छ । लहरै भुँइमा मानिसहरू सुतेका छन् । कहाँ हो यो ? गंगामायाको मुटुको धडकन झन् बढ्यो । उनी जुरुक्क उठेर बसिन् । लौ, उनका खुट्टा पनि बाँधिएका छन् । उनी कतै जान सक्दिनन् । कोठाको पल्लो कुनामा पारदर्शी झ्याल जस्तो छ । त्यहाँबाट बाहिर अति नै सुन्दर दृश्य देखिन्छ । सेतो हिमाल, बीचमा झलमल्ल बलेको उदाउँदो सूर्य, हरिया पहाड, त्यसबाट बग्दै गरेको झरना, तल कञ्चन नदी! रंगीबिरङ्गी फूल । उड्दै र बस्तै गरेका चरा चुरुङ्गी! कस्तो सुन्दर! उनले टाउको फर्काएर अर्को तिर हेरिन् । अर्को तिर उजाड नाङ्गा पहाड, मरुभूमि, हावाले बालुवा उडाएर आँखै हेर्न गाह्रो होला जस्तो! कति बैराग लाग्दो!
"के होला यस्तो ! म कहाँ आएँ । यी लहरै सुतेका को हुन् ? यो अस्पताल पनि होइन । कहाँ हो यो ! लौ न । म हिँड्न पनि सक्दिनँ ।" गंगामायाको सातो गयो । मनमा के-के तर्कना आए! "उति बेला माओवादीले अपहरण गरेर लान्थे भनेर सुनेको त हो । गाउँका कतिलाई लगेका पनि थिए । तर अहिले त त्यस्तो हुन छाडेको धेरै भएको थियो । यी सुतेका सबै लाश हुन् कि जिउँदा हुन् ? ला! मलाई पनि मार्छन् होला "
यत्तिकैमा राम्री तरुनी खाता लिएर आइपुगी । अस्पतालकी नर्स जस्ती पनि छ । गंगामायालाई ढुक्क भयो । "अब यसलाई सोध्छु" उनले लामो साँस तानिन् : "नानी यो कहाँ हो ? यी सबै सुतेका को हुन् ? म कसरी यहाँ आएँ ?"
त्यो सुन्दर तरूनी मुसुक्क हाँसी । कति राम्री! सलक्क परेको जिऊ । लरक्क लर्केको कपाल । मिलेका दाँत । "म पनि तरुनी हुँदा राम्री थिएँ । मेरा ससुराले सँधै मेरी उज्याली बुहारी भन्नु हुन्थ्यो । अहिले पो चाउरी परेँ ।" यति भनिरहँदा गंगामायाका हत्केला आफ्नै अनुहार छाम्न पुगे । उनलाई आफ्नो चाउरी परेको अनुहार पनि अहिले छाम्दा त पोटिलो, चिल्लो जस्तो लाग्यो । होइन होला! विश्वास लागेन । उनले फेरि छामिन् । सँधै चाउरी परेको छालामा अड्कने हत्केला त सुलुत्त चिप्लियो । आफ्ना चाउरी परेका हाततिर आँखा गए गंगामायाका । लौ हत्केला पनि अर्कै छन् । राम्रा, सुकिला । तर उनी झसंग भइन् । आफ्नो सुकिलो हत्केला देखेर खुशी हुनुको साटो सँधै लाउने गरेको पंचरत्ने औंठी नदेखेर फेरि उनको सातो गयो । औँठी लाउँदा बसेको डाम मात्र छ, औँठी छैन । कान छामिन्, मारवाडी पनि छैनन् । घाँटीमा सिक्री पनि छैन । लौ न! नारीका मसिना सुनका चुरा पनि छैनन् । काँचका पनि छैनन् । एक हप्ता अघि मात्र फेरेका कति राम्रा चुरा थिए । पक्कै यिनीहरूले लिए होला मेरा सबै गहना । अनि उनले अलि कडा भएर भनिन् "होइन नानी, के गरेको यस्तो ? मलाई कहाँ लिएर आएको ? मेरा गहना खोई ? म त पुलिसलाई भन्दिन्छु है । मेरो बूढा पनि रिटायर आर्मी हो । के भन्ठानेको छ ? यस्तो गर्न त पाइँदैन नि! के गरेको यस्तो?" गंगामायाको बोली झन् चर्को भयो । आत्तिएर उनको साँस बढ्यो । उनले बल्ल आफ्नो शरीर हेर्न भ्याइन् । ल हेर! उनी त नाङ्गै पो रहिछिन् । सेतो कपडाले बेरिएकी मात्र! उनका लुगा खोइ? सारी, चोलो, पेटिकोट, मत्रो ...
"के गरेको नानी यस्तो बिजोग । लाज शरम छैन तपाईँलाई? म बाथरूममा नुहाउँदा पनि लुगा नखोल्ने मान्छेलाई तपाईँहरूले के गरेको यो! मेरो लुगा गहना लिएर आउनुस् छिटो! मेरो खुट्ट्टा पनि खोलिदिनुस् । म घर जान्छु ।" गंगामायाले यति भनिरहँदा पनि ती सुन्दरी हाँसिरहिन् । उनी हाँसीरहेको देखेर गंगामाया अलमल्ल परिन् । रीस, डर, त्रास सबै एक्कासि थामियो । एकछिन् त्यहाँ शान्ति छायो ।
डरले आत्तिएकी गंगामाया शान्त भएर ती सुन्दरीलाई हेरिरहिन् । उनलाई झट्ट लाग्यो, त्यो उनको गाँउकी बहिरी जस्तै हो क्यार कान नसुन्ने । गंगामाया अब भने हातका इशाराले उनलाई सबै कुरा सम्झाउन थालिन् । नाक, कान घाँटी र नारी देखाएर गहना अनि ओढाएको सेतो कपडा देखाएर मेरा लुगा खोई भनेर सोधिन् ।
बल्ल सुन्दरीको वाक्य फुट्यो :
"तपाईँ अब धरतीमा हुनुहुन्न ।"
"के रे?"
"तपाईं त मरिसक्नुभयो ।"
गंगामायालाई विश्वास लागेन । भित्र भित्र त उनी डराइन् । तर बाहिर भने अलि कड्केरै बोलिन्: "नचाहिने कुरा। जे पायो त्यही भन्ने ?"
"ल तपाईंका हात खुट्टा यिनै हुन् त ? नपत्याए हेर्नुस् त!"
हो त! गंगामायाले एकपटक फेरि आफ्ना हात हेरिन् । यसो कपडा उचालेर जिऊ हेरिन् । बच्चा पाउँदा-पाउँदा तन्केर चाउरिएको पेट र लत्रेका छाति त षोडशीका जस्ता पुष्ट छन् । पाखुरा,हत्केला र गोडा पनि उस्तै सुकिला । "म त साँच्चिनै मरेँ कि क्या हो ?" गंगामाया गम्भीर भइन् । "मलाई मर्न कति डर लाग्थ्यो । तर केही नहुने रहेछ।"
जीवनभरि गंगामायाको एउटै इच्छा थियो, मरेपछि बाबा-आमासँग भेट्ने । माइती नभएर गुम्स्याएका सबै रहर पूरा गर्ने । त ख्वै, मरेको भए त उनका बाबा-आमा त्यहाँ हुनुपर्ने । जीवनभर बा-आमाको माया नपाएको, माइती नगएको सबै धोको मरेपछि पुर्याउने उनको कत्रो रहर थियो । तर यहाँ त सबै नचिनेका मानिस मात्रै छन् । उनके उत्सुक भएर ती सुन्दरीलाई फेरि सोधिन्:
"नानी! मेरा बाबा-आमा कहाँ हुनुहुन्छ ? मलाई उहाँहरू निर लगिदिनुहोस् न । मरेपछि त मेरा बाबा आमासँग भेट हुन्छ भन्ठानेकी थिएँ । उहाँहरू म सानै हुँदा बित्नुभएको । अब म बाबा-आमासँगै बस्छु । अब म माइतमै बस्छु । मलाई उहाँहरू निर लगिदिनुहोस् न बिन्ती ।" अनायास गंगामायाका हात जोडिए र आँखाबाट बलिन्द्र धारा आँसु बगे ।
ती सुन्दरी फेरि हाँसिन् । उनले भनिन् " तपाईँ हिन्दू धर्म मान्नुहुन्छ । बिहा पछि तपाईंको गोत्र फेरियो । तपाईँका माइतीले तपाईंलाई सदाका लागि दान गरिसके । अब तपाईँ माइती जान पाउनुहुन्न । मरेपछि पनि पाउनुहुन्न। "
लौ कस्तो बिडम्बना । गंगामाया छक्क परिन् । मरेपछि पनि मेरो माइती नहुने भयो । उनको गह भरियो । घाँटीमा गाँठो पर्यो । छाति भारी भएर आयो । बिस्तारै भनिन्:
"म कहाँ जान्छु त नानी ?"
"तपाईँ मरेको १३ दिन भयो । ऊ तल हेर्नुस् त तपाईँका छोराहरू तपाईँको श्राद्ध गर्दैछन् । अहिले सपिण्डीकरण हुने बेला भयो । तपाईँले मान्ने धर्म अनुसार तपाईँलाई तपाईँका छोराहरूले तपाईँका सासू, बुढीसासू र जिजू बुढीसासूसँग मिलाइदिन्छन् अनि तपाईँ उनीहरू भएको ठाउँमा पुग्नुहुन्छ । सपिण्डीकरण पछि मात्र होश आउनुपर्ने, तर तपाईँलाई अघिनै होश आएछ ।"
गंगामाया अलमल्ल परिन् । के हो त्यो सपिण्डीकरण भनेको उनलाई बुझ्ने दरकार परेन । तर फेरि तिनै कठोर सासूसँग बस्नु पर्छ रे! त्यो सुनेर उनको जिऊ सिरिङ्ग भयो । बुढी सासू र अर्की कुप्री सासूलाई त उनले फोटोमा पनि देखेकी छैनन् । "कसरी बस्नु तिनीहरूसँग । नाई म ता बा-आमा, दाजु-दिदीहरूसँगै बस्छु ।" यति निर्णय गरिसाकेपछि गंगामायाले तल हेरिन् । छोराहरू लहरै सेतो लुगा लगाएर श्राद्ध गर्दैछन् । बुहारीहरू टपरी गाँस्दै छन् । छोरीहरू पराल ओछ्याएर घाम तापेर गफ गर्दै बसेका छन् । लौ सबै छोरीहरूले उनैका सारी र गहना लगाएका पो रहेछन् । कसैले चोरेको रहेनछ । त्यो देखेर उनलाई अलि ढुक्क भयो । धन्न बुहारीहरूले उम्क्याएनछन् । "श्रीमान् कता के गर्दै छन् कुन्नि! मलाई सम्झन्छन् कि सम्झँदैनन् ?" उनी आँखा दौडाउँदै थिइन् । यत्तिकैमा जेठो छोरोले दुवै हातमा आधा-आधा पिण्ड उठायो र माथि लगेर ढ्याप्प जोडिदियो । गंगामाया एक्कासि हुत्तिएर अर्कै अनजान ठाउँमा आइपुगिन् र एउटी धम्मरधूस काली आइमाईसँग ठोक्किन पुगिन् । झण्डै टाउको फुटेन । यसो अनुहार हेरेको त उनैकी सासू पो रहिछिन् । यत्तिकैमा फेरि अर्को पटक पनि जेठाले त्यसै गर्यो । गंगामाया अर्की नचिनेकी बुढीसँग ठोक्किइन् । यस पटक जेठाले बिस्तारै गरेछ क्यार अघिको जस्तो टाउको दुखेन । ती बुढी सासू होलिन् । तेस्रो पटक गंगामाया अर्की महिलासँग ठोक्किन पुगिन्, जिजु हजुर आमासासूसँग ।
तीनैजना बुढीहरू खुशी देखिन्थे । सासू खुशीले गद्गद् हुँदै भनिन्: "बल्ल मेरी जाँगरिली बुहारी आई । अब मलाई ढुक्क हुने भयो । अब मैले भात भान्साबाट पालो पाउने भएँ । छोरा पाउनाले जिउँदा मात्र होइन मरेपछि पनि बुहारीको सेवा खान पाइने रहेछ ।"
बिचरी गंगामाया अलमल्ल परिन् । मरेपछि बाबा आमासँग जाने उनको एउटै मात्र सपना पनि पूरा भएन । उहिले दाजु-भाउज्यूले दान गरेर सासूको सेवा गर्न पठाएका थिए । अहिले आफैले जन्माएको छोरोले फेरि त्यहीं फिर्ता पठाइदियो । कत्रो धोको थियो गंगामायाको, मरेका बा-आमा, दाजु-दिदीहरूसँग आफू पनि मरेपछि फेरि भेट्ने, रमाइलो गर्ने! तर त्यस्तो केही नहुने रहेछ । गंगामायालाई आज भने पूरा विश्वास भयो: छोरीको जन्म हारेको कर्म!

Comments
Post a Comment