छोरा तिमी योग्य बने सुपुत्र
छोरी तिमी बन्नु सुयोग्य मित्र ।
तिमीहरूमै छ भविष्य हाम्रो
यो देश फुल्नेछ अवश्य राम्रो ॥
ठुला-बडाको गर नित्य आदर
आज्ञा शिरोपर गरिलेऊ सादर ।
आथित्य सत्कार सँधै गरे है
पाइन्छ सन्तुष्टि यसो गरे नै ॥
पढेर ज्ञानी तिमीले छ बन्नू
व्यर्थै समय खेर हुँदैन फाल्नू ।
जसै नदी बग्छ र फर्कँदैन
बेला बितेको पनि आउँदैन ॥
घरमा गुरूले दिनुहुन्छ पाठ
हरेक दिन त्यो सक प्रेमसाथ ।
जसै तिमीले गृह-कार्य सक्छौ
साथीहरू माझ गएर खेल्छौ ॥
खेली सकी लौ घर फर्किआऊ
आएर घरमा तिमी केही खाऊ ।
पढेर ज्ञानी भई नाम कमाऊ
बुवा-मुमाको सपना सजाऊ ॥
सन् १८८० देखि १९५० सम्म भारतमा नेपाली साहित्यको उन्नतिका लागि धेरै महत्त्वपूर्ण काम भए । त्यसबेला लेखिएका धेरै छन्दोबद्ध र झ्याउरे कविताहरू नेपालका विकट दुर्गमका घर-घरमा पुगे । आमाहरूले आफ्ना छोराछोरी खेलाउँदा र सुताउँदा अथवा ढिकी जाँतो गर्दा ती श्लोकहरू भन्ने गर्नुहुन्थ्यो । ती महिलाहरूमध्ये मेरी हजूर आमा स्वर्गीय शारदा देवी उपाध्यायले धरणीधर कोइरालाको "जाग जाग अब जाग न जाग लाग उन्नतिविशे अब लाग" जस्ता श्लोकहरू गाएर छोरा-छोरी नाति नातिनालाई बिहान उठाउनुहुन्थ्यो भने मेरी सासू स्वर्गीय नीलाक्षी देवी भने पारसमणि प्रधानको "टिक टिक टिक गर्दै भन्छ बेला बताई, समय नगर कहिल्यै व्यर्थमा नष्ट भाई" जस्ता कविता गाएर छोरा-छोरीलाई पढ्न प्रेरित गर्नुहुन्थ्यो । अहिले ती समय गए र अर्कै समय आयो । अहिले हामी आमाहरूलाई छोराछोरी भुलाउन आइप्याड र फोनका गीतहरू, नर्सरी राइम्स, दोहोरी र फिल्मी गीतहरू सहयोगी भएका छन् । आज ती महान् आमाहरूको सम्झना आउँदा मलाई यो कविता लेख्न मनलाग्यो । यसको अन्तिम श्लोकका पहिला दुई पङ्ति मेरी सासूको स्वस्फूर्त रचनाबाट प्रेरित छन् । ती महान् आत्माहरूको अभाव सदा खट्किरहने छ ।
** sketch: https://www.marxists.org/subject/art/literature/children/texts/chene/motherslove.htm

Comments
Post a Comment