छोराछोरी हुर्किएपछि आमाबाट टाढा हुन्छन् । तर आमालाई त्यो वियोग असह्य हुन्छ । त्यस्तै एउटी वियोगी आमा र चरीको प्रश्नोत्तर ।
संचो पो
छैन गाथमा तिम्रो कि तिमी दुःखी छ्यौ ?
खाएकी छैनौ, सुतेकी छैनौ, कुन पीर लिएर ।
नबस आमा यसरी एक्लै, टोलाइरहेर ॥
आमा: ए सुन-चरी, स्वर्गकी
परी के गरूँ बयान ।
मुटुमा छेड्यो धारिलो छुरा के गरूँ बखान ॥
आमा यो शब्द के अर्थ राख्छ तिमी नै भन न ।
हुर्काई तिमी बचेरा साना, के गर्छ्यौ भन न ॥
चरी: मानिसकी आमा! म भित्र पनि छ हेर ममता
मेरो यो
माया सन्तानका लागि छैन नि कम-ता ॥
आमा यो शब्द, गहकिलो अर्थ, के
गरूँ बयान ।
दैवले पनि सक्दैन भन्न चलेको उखान ॥
आमा: ईश्वरले किन रचेको होला आमालाई सृष्टिमा ।
किन पो होला आमालाई पार्ने
यो दुःख-वृष्टिमा ॥
चरी: सृष्टि चलाउन, यो पृथ्वी
धान्न, मुश्किल काम थियो ।
जीवको लालन-पालनको जिम्मा कठिन भार थियो ॥
दैवले रच्यो अनौठो जीव आमाको नाम दियो ।
सन्तानका लागि सर्वस्व दिने अपूर्व काम दियो ॥
सहनशीला, दैवको लीला, ती आमा महान ।
कैल्यै नसुक्ने छ तिनीभित्र मायाको मुहान ॥
आमा: कर्तव्य के हो आमाले गर्ने, भनिद्यौ हे चरी ।
बिछोडको पीडा दिएर दैव
रुवाउँछ हर घडी ॥
चरी: तिमी र हामी माध्यम यौटा यो
सृष्टि चलाउने ।
सुयोग्य बनाई सन्ततिलाई रणमा पठाउने ॥
शरीर दिई, चरित्र
बनाई, दिएर संस्कार ।
यो विश्वरूपी युद्धमा लड्न बनाई
तैयार ॥
कर्तव्य त्यहीं सकिन्छ यौटी उदार आमाको ।
त्यसपछि हामी स्वच्छन्द भयौँ बगैर धामाको ॥
आमा: कसरी बिर्सी ती दूर देश गएका बचेरा
ए चरी! उड्छ्यौ रन र बन पाखा र पखेरा ॥
चरी: ज्यानको बाजी राखेर दाना चोरेर ल्याउँथेँ ।
घरभेटी बुढी उज्याउँथिन् छुरी बाँचेर आउँथेँ ॥
चपाई दाना मुखमा हाली खुवाई बढेका ।
बचेरा साना भार्र-र भुर्र उडेर हुर्केका ॥
रन र बन, छाना र टौवा ढाकेका सन्तति ।
रुखमा बसी हेर्दछु मन गद्-गद भै सुखी
॥
आमा: कसरी सक्नु मुटुका टुक्रा चुँडिई गएको ।
आँखाका नानी टाढिएपछि अँध्यारो भएको ॥
कसरी बसूँ खानलाई भन, यो मन भारी छ ।
बसेर मेरो छोरोले खाने त्यो थाल खाली छ ॥
चरी: माया र मोह त्यागेर बस हामी झैं डुलेर ।
जीवनको स्वाद लिएर बाँच निर्मोही भएर ॥
के छ र तिम्रो, को छ र मेरो नाटकै सब यहाँ ॥
तिनमा बग्ने रगत तिम्रै संस्कार तिम्रै हो ।
ती सँधै भरी तिम्रै रहन्छन् यो कुरो सत्य हो ॥
जसरी दैव स्वर्गमा बसी सबैलाई देख्दछ ।
आसिक हाम्रो त्यसै नै गरी उन्कहाँ पुग्दछ ॥
Comments
Post a Comment