हे शम्भो करुणानिधे पशुपते आएर विश्राम होस्
राखेँ आसन रत्नयुक्त भगवन् कल्पेर स्वीकार्नुहोस् ।
गंगाको जल स्वच्छ स्नान गरने वस्त्रादि झन् दिव्य छन्
कल्पेँ फूल र बेलपत्र शिवजी धूपै सुगन्धी छ झन् ॥
अर्पेँ खीर, घिऊ र पाँच थरिका पक्वान्न थाली महाँ
राखेँ दूध, दही, फलादि सुनको ल्याई रिकापी यहाँ ॥
तर्कारी हलुवा बनाई रुचिले हे शम्भु स्वीकार्नुहोस्
ल्याएँ पान सुपारि भोजन सकी शम्भो कृपा गर्नुहोस् ॥
पंखा चामर हम्किँदैछु अब लौ विश्राम बेला भयो
वीणाभेरिमृदङ्ग वाद्यसँग यो नृत्यादि अर्पेँ प्रभो !
गाएँ शम्भु महेश कीर्तन गरेँ साष्टाङ्ग झुक्दै हर
मेरो अर्चनले प्रसन्न हुनुहोस् पीडा गराई पर ॥
आत्मा शंकर हौ, शरीर घर हो आँखा त ढोका दुई
पूजा हो विषयोपभोगरचना निद्रा समाधि-स्थिति ।
चालेको पद यो प्रदक्षिण भयो गाना सबै गन्थन
जे जे कर्म गरेँ सबै सकल यो श्री शम्भुमा अर्पण ॥
(छन्द: शार्दूलविक्रीडित)
कर चरण दुवै वा वाक्यले चूक भो कि
श्रवण नयनले पो केहि गल्ती गरे कि ।
विहित अविहितै वा जे गरेँ माफ पाऊँ
जय जय शिव शम्भो नित्य यै नाम गाऊँ॥
(छन्द: मालिनी)

Comments
Post a Comment