शार्दूलविक्रीडित:
जोडी हुन्, मनका कुरा नबुझिने, कस्तो अहो मेल यो
जोडी हुन्, मनका कुरा नबुझिने, कस्तो अहो मेल यो
दौडिन्छन् सब जित्नलाई रण नै कस्तो अहो खेल यो ।
के हो हार अनि जीत लौ अगम यो चिन्ता बल्यो दन्दनी
हा हा हा मनुवा फगत किन दुखिस् घुम्दै जगत् फन्फनी
॥त्रोटक:
डर, त्रास हटी नयपाल महाँ
महँगी सकिनेछ सबै घरमा ।
रसिला भरिला हसिला दुनिया
सपना किन-बेच चुनाव यहाँ ॥
नटुटोस् सपना नदुखोस् मन योमहँगी सकिनेछ सबै घरमा ।
रसिला भरिला हसिला दुनिया
सपना किन-बेच चुनाव यहाँ ॥
इतिहास नयाँ रचियोस् अबको ।
न मधेश, पहाड न जात-विष
गरियोस् समभाव र मैत्रि प्रिय ॥
न मधेश, पहाड न जात-विष
गरियोस् समभाव र मैत्रि प्रिय ॥
इतिहास नयाँ अब रच्न जुटौँ
मन-भित्र र बाहिर साफ गरौँ ।
जलका नद स्वच्छ विकास गरी
अब सुन्दर होस् नगरी सुघरी ॥
म जे हुँ जसो हुँ तसै ठीक ठान्ने
रिसाए कराए बिराए नि जान्ने ।
म नै ब्रह्म-ज्ञानी, म नै विज्ञ भन्ते
यही मोह पाली जिएको छ मान्छे ॥
नजान्दै पुगेको जिऊने मियाद
नबुझ्दै म को हुँ, सगालेर याद
नजाने छ को नै उसै मार्गबाट
सबैको उही भाग्य उस्तै ललाट ॥
छ पर्खी रहेको बनाएर पाश
समाएर लानेछ तोडेर आश ।
मलाई भुलाई, सिँगारी समाज
रमाएर बाँचौँ खुशीसाथ आज ॥
उपजाति:
नियालिहेर्दा मनभित्र आमा
माया थरीका तर खोज्छु आमा ।
गयौ नि छोडेर अगम्य धाम
तस्वीर हेरी मन थाम्छु आमा ॥
तस्वीर हेरी मन थाम्छु आमा ॥
हरेक सम्बन्ध महत्व राख्छ, नराख है द्वेष टुटेर जान्छ ।
सिंचेर माया अनि त्याग हेर, अथाह सन्तुष्टि दिलाइदिन्छ ।।
Comments
Post a Comment