भोगेर कैल्यै सुख सिद्धिदैन
बाँचेर कैल्यै दिन रित्तिदैन ।
तृष्णा अहो जीवन साँचिराखूँ
कैल्यै नजाऊँ बस बाँचिराखूँ ॥
बाँचेर कैल्यै दिन रित्तिदैन ।
तृष्णा अहो जीवन साँचिराखूँ
कैल्यै नजाऊँ बस बाँचिराखूँ ॥
रोए कराए पनि मृत्यु आई
तानेर लानेछ गला समाई ।
त्यस्तो कुनै कर्म गरूँ म आजै
देहै बिलाए पनि नाम ताजै ॥
तानेर लानेछ गला समाई ।
त्यस्तो कुनै कर्म गरूँ म आजै
देहै बिलाए पनि नाम ताजै ॥
( छन्द: इन्द्रवज्रा)
Comments
Post a Comment