म खान त पक्कै आउनेछु तिम्रोमा साथी!
तर मलाई पिउन चाहिँ नभने
अब रक्सीमा दुःख मेट्ने सामर्थ्य रहेन!
बगैँचामा भेट्न म पक्कै आउनेछु साथी!
तर मलाई ती फूलको सुवास नसोधे
अब सुगन्धमा कुनै मात रहेन !
जुनेली रातमा साथ दिन म पक्कै आउनेछु साथी!
तर मलाई मखमली ओछ्यानमा सुत्न नभने
अब रातमा निदाउने बानी रहेन!
म तिम्रा चित्र हेर्न पक्कै आउनेछु साथी!
तर मलाई फेरि चित्र कोर्न नभने
अब औँला नै कलम समाउन योग्य रहेन!
म पशुपतिसम्म पक्कै आउनेछु साथी!
तर मलाई आफूसँग भित्र नलगे
अब ईश्वरलाई चढाउन केही बाँकी रहेन!
तर मलाई पिउन चाहिँ नभने
अब रक्सीमा दुःख मेट्ने सामर्थ्य रहेन!
बगैँचामा भेट्न म पक्कै आउनेछु साथी!
तर मलाई ती फूलको सुवास नसोधे
अब सुगन्धमा कुनै मात रहेन !
जुनेली रातमा साथ दिन म पक्कै आउनेछु साथी!
तर मलाई मखमली ओछ्यानमा सुत्न नभने
अब रातमा निदाउने बानी रहेन!
म तिम्रा चित्र हेर्न पक्कै आउनेछु साथी!
तर मलाई फेरि चित्र कोर्न नभने
अब औँला नै कलम समाउन योग्य रहेन!
म पशुपतिसम्म पक्कै आउनेछु साथी!
तर मलाई आफूसँग भित्र नलगे
अब ईश्वरलाई चढाउन केही बाँकी रहेन!
Comments
Post a Comment