हरेक दिनको दौडधूपबाट
केही पलहरू सुटुक्क चोरेर
सुर्के थैलीमा सँगाल्दै गएँ
त्यसलाई छातिको एउटा कुनाको न्यानोमा
कसैले नदेख्ने गरी लुकाउँदै गएँ
सोचेकी थिएँ,
कुनै दिन
जब मलाई फुरसद होला
अनि म त्यो सुर्के गाँठो खोलेर
त्यो मेरो ढुकुटीलाई दिल खोलेर खर्च गर्नेछु
अनि म साँच्चिकै रमाउनेछु ।
आकाङ्क्षाहरू चुलिँदै जान्थे
थैलो भरिँदै जान्थ्यो
अटाइनअटाई कोचिएको त्यो थैली
उध्रिरहन्थ्यो
म टालिरहन्थेँ
चिप्लिन खोज्थे मेरा खुशीहरू थैलाबाट
म जतन गरी फेरि तिनलाई थैलामा साँचिरहन्थेँ ।
बल्ल एक दिन मैले बिदा पाएँ
लाग्यो....
आज म आफूलाई रिझाउनेछु
बर्सौंदेखि सँगालेका ती पलहरू
आज म आफ्नो लागि खर्च गर्नेछु
म रमाउनेछु निस्फिक्री!
किनभने अब मेरा सबै जिम्मेवारी पूरा भैसके!!
अब म बर्सौँदेखिका दमित इच्छाहरू पूरा गर्नेछु
खाने, लाउने, नाच्ने, हाँस्ने, डुल्ने, रमाउने कति-कति मेरा अनगिनत रहरहरू!!!
जतनले थैलो खोलेँ
तर ती पलहरू त्यहाँ थिएनन्
मैले त सँगालेकै हो
लुकाएर राखेकै पनि हो
पटक्कै खर्च नगरी
मनलाई मारेर भए पनि
तर कसरी सकिएछन् ?
आज केही फुरसत पाएकी थिएँ
दौडधूप विनाको दिन थियो यो!
जागीर पनि छैन
परिवारलाई पकाउनु पनि छैन
पाहुनाहरू पनि आउन छाडे
टेबुलमा थन्किएको फोन कहिलेकाँहिमात्र बज्छ
छोराछोरी पनि आ-आफ्नो बाटो लागिसके
अब म छु
मात्र म !!!
लाग्यो, एक्लै भएँ त के भयो?
आफै रमाउँछु, आफूले साँचेका ती मेरा प्रिय पलहरूसँग
पहिला आज आफैलाई भेट्छु
नियालेर हेर्छु आफैलाई, त्यो पनि त सँगालिएकै एउटा इच्छा थियो!!
ऐना अगाडि उभिएँ
तर चिन्न सकिनँ ।
चाउरिएको छाला
झरेका दाँत
चिम्सा आँखा
हिउँ झैं टल्किएका केश
झुण्डिएका गाला
को होली त्यो उभिएकी एउटी
म जस्तै थिई
तर को थिई त्यो ?
म त होइनँ
हुँदै होइन ।
मैले त अझै धेरै गर्नु छ
थैलोमा सँगालेका पलहरू जिउन बाँकी नै छन् मेरा ।
(कुनै अज्ञात हिंदी लेखकबाट प्रभावित)
photo source: https://static1.squarespace.com/static/557342f6e4b055e0375a0826/57b37acb20099ef54842d206/57c81cf620099eafeff0b9ff/1472732412929/ST1W%20(3).jpg

Comments
Post a Comment