वाचाल र मौन प्रेम


प्रेम दिवस के लिए इमेज परिणाम
म तिमीलाई माया गर्छु भनेर
भावको शब्दानुवाद किन गर्नुपर्यो ?
प्रेम गरे पनि बेलीबिस्तार किन लगाउनुपर्यो ?

पूर्वीय संस्कृतिका ध्वजावाहकहरू भन्छन् :
कृष्ण र राधिकाको निःशब्द प्रेम!
सँगै नबसे पनि, कहिल्यै नभेटे पनि,
कुनै गुलाब नदिए पनि, उदाहरणीय प्रेम !
घरबाट गर्भिणी पत्नीलाई निकाले पनि,
अविश्वासमा अग्निपरीक्षा गराएपनि,
रामको नै हो आदर्श प्रेम!

योग सिक
प्रेमलाई परेला र ओंठ भित्र थुन्न सक्नुपर्छ

अव्यक्त र मौन प्रेमको लागि जीवनको आहुति दिने हे राधा र सीता !
के तिमी व्यक्त प्रेम मनपराउँदैन थियौ ?  

भाव व्यक्त गर्न बन्देज लगाउने हाम्रो विशेषता हो भने
प्रणय दिवसमा फूल र चकलेटको वर्षा गर्ने प्रेमी मनहरू
भावलाई शब्द र क्रियामा अनुवाद गर्ने वाचाल हृदयहरू!
के तिम्रो प्रेम आदर्श र उदाहरणीय होइन ?

Comments