गरेर के नै पुरुषार्थ लानू
कमाई सारा पनि छोडिजानू
रहेन इच्छा ममता र तिर्खा
मरूँ कि बाचूँ म त काख तिम्रा ।।१।।
सकिन्छ भोगेर पुरानु खाता
समाउनेछन् तहिले विधाता ।
तयार भै बस्नुछ आउनेछन्
लिएर बैकुण्ठ उडाउनेछन् ।।२।।
म पुग्छु त्यो धाम जहाँ उनी छन्
शरीर त्यागी रहने गुणी छन् ।
सुकर्म हे दैव गरूँ म नित्य
पुगूँ म त्यो धाम जहाँ छ सत्व ।।३।।
छन्द: उपेन्द्रवज्रा
Comments
Post a Comment